आगामी निर्वाचनमा अग्रगामी र प्रतिगामी शक्तिहरूबीच भीषण लडाइँ हुनेछ : महरा

नेपालभ्युज

आगामी निर्वाचनमा अग्रगामी र प्रतिगामी शक्तिहरूबीच भीषण लडाइँ हुनेछ : महरा
फाइल फोटो

दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनले प्रतिगामाी शक्तिहरुलाई परास्त गर्ने बताएका छन् । दाङको घोराही उपमहानगरपालिका १२ मा  भएको भेटघाट कार्यक्रममा बोल्दै महराले निर्वाचनपछि प्रतिगामी शक्तिहरू परास्त  हुने बताएका हुन् ।

उनले निर्वाचनमा अग्रगामी र प्रतिगामी शक्तिहरूबीच भीषण लडाइँ हुने बताउँदै निर्वाचनमा लोकतन्त्र र परिवर्तनको रक्षामा लाग्ने दलहरू  विजयी हुने जिकिर गरे । मुलुकमा अग्रगमन र प्रतिगमनकारी शक्तिहरूबीच   संघर्ष भएको भन्दै उनले निर्वाचनले अग्रगमनका पक्षधरहरूलाई जनअनुमोदित गर्ने विस्वास व्यक्त गरे ।

‘नेपाली काङ्ग्रेस, माओवादी, समाजवादी सहितको दलहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानको रक्षाका लागि एक ठाउँमा उभिएका छन्, ‘एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका दलहरू यो परिवर्तनलाई उल्ट्याउने गरि एक भएका छन्, उनले भने ।

चुनावसम्म गठबन्धनको औचित्य रहने बताएका उनले मुलुकको परिवर्तन र मुलुकमा जटिल परिस्थिति आउँदा नेपाली काङ्ग्रेससँग आफ्नो पार्टीको सहकार्य भएको बताए ।

‘ संविधान मासेर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लगाएका सबै उपलब्धि मास्ने उद्धेश्यले केपी ओलीले चालेको प्रतिगामी कदमलाई सच्याउन काङ्ग्रेससँग गठबन्धन भएको हो’, उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved