‘जोकर २’मा लेडी गागा निश्चित

नेपालभ्युज

‘जोकर २’मा लेडी गागा निश्चित

काठमाडौं । अन्ततः हलिउडको बहुप्रतीक्षित फिल्म ‘जोकर २’ मा लेडी गागा अनुबन्धित भएकी छन् । सामाजिक सञ्जालमा फिल्मको म्युजिकल टिजर सार्वजनिक गर्दै गायिकासमेत रहेकी गागाले यसको पुष्टि गरेकी हुन् ।

‘जोकर : फोली अ डिक्स’ औपचारिक शीर्षक राखिएको फिल्ममा गागा मुख्य अभिनेता ज्याकिन फिनिक्सको अपोजिटमा प्रस्तुत हुनेछिन् । सन् २०१९ को चर्चित फिल्म ‘जोकर’ बाट उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जितेपछि ज्याकिन कमब्याक तयारीमा छन् ।

टिजरमा गागाले टोनी बेनेटसँग मिलेर म्युजिकल कभर गाएकी छन् । गत जुन महिनामै भेराइटी म्यागजिनले गागाले जोकर सिक्वेलमा हार्ले क्विन पात्रको भूमिकामा अभिनय गर्न लागेको बारे खुलासा गरेको थियो । यो पात्र वार्नर ब्रोजको चर्चित पात्र हो जसलाई अभिनेत्री मार्गरेट रोबीले तीनपटक निर्वाह गरिसकेकी छन् ।

निर्देशक टड फिलिप्सले इन्स्टाग्राममार्फत फिल्म बन्नेबारे पुष्टि गरिसकेका थिए । जोकरले सन् २०१९ मा विश्व बक्सअफिसमा १ बिलियन डलर कमाइ गरेको थियो । ‘जोकर २’ २०२४ अक्टोबर ४ मा रिलिज हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved