तीन लाख विदेशी पर्यटक भित्रिए

जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ। 

नेपालभ्युज

तीन लाख विदेशी पर्यटक भित्रिए
फाइल तश्वीर

काठमाडौं।  सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ।

पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् ।यो कोरोना संक्रमण शुरु हुनुभन्दा अघि, सन् २०१९ को जुलाई महिनाको तुलनामा १४ हजारले कम हो ।

त्यसबेला ५८ हजार आठ सय ११ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुलाईमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी १७ हजार दुई सय ९९, बङ्गलादेशबाट एक हजार आठ सय ७४ पर्यटक भित्रिएका छन् ।

त्यस्तै चीनबाट एक हजार पाँच सय ९३ पर्यटक नेपाल आएका छन् ।

समग्रमा एसिया र अन्य मुलुकबाट चार हजार एक सय ९५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यसैगरी युरोपबाट नौ हजार एक सय २१, मध्यपूर्वलगायत मुलुकबाट तीन हजार सात सय ३५ र अमेरिकाबाट पाँच हजार दुई सय २८ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ।

सन् २०२२ मा सबैभन्दाबढी अप्रिलमा ६१ हजार पाँच सय ८९ जना नेपाल भ्रमणमा आएका छन्।

त्यसपछि मेमा ५३ हजार छ सय आठ, जुनमा ४६ हजार नौ सय ५७ र जुलाईमा ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

त्यस्तै जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४१ हजार पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved