कर तिर्न वाणिज्य बैंकहरुले छुटाए १९ अर्ब ६४ करोड

नेपालभ्युज

कर तिर्न वाणिज्य बैंकहरुले छुटाए १९ अर्ब ६४ करोड

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारलाई कर तिर्न २० वटा वाणिज्य बैंकहरुले १९ लाख ६४ करोड रुपैयाँ छुटाएका छन् । चालु आवको फागुन महिनासम्म बैंकहरूले १९ अर्ब ६४ करोड ४७ लाख रुपैयाँ सरकारलाई आय कर तिर्नका लागि छुटाएका हुन् ।

चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म सबैभन्दा बढी कर छुटाउनेमा नबिल बैंक रहेको छ । बैंकले सरकारलाई तिर्नको लागि १ अर्ब ९७ लाख रुपैयाँ कर छुटाएको छ । दोस्रोमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले १ अर्ब ३७ लाख रुपैयाँ छुटाएको छ ।

त्यस्तै, अन्य बैंकहरुमा नेपाल बैंकले ९४ करोड ५४ लाख, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड, स्टरयान्डर्ड चाटर्ड बैंकले ८९ करोड ५५ लाख रुपैयाँ सरकारलाई तिर्नका लागि कर छुटाएका छन् ।

हिमालयन बैंकले ९७ करोड ३४ लाख, नेपाल एसबीआई बैंकले ४५ करोड ७३ लाख, एभरेष्ट बैंकले ९८ करोड २९ लाख, एनआईसी एसिया बैंकले ९७ करोड ९५ लाख, माछापुच्छ्रे बैंकले ६४ करोड ६० लाख, कुमारी बैंकले १ अर्ब २४ करोड, लक्ष्मी सनराइज बैंकले ७८ करोड रुपैयाँ छुटाएको छ ।

सिद्धार्थ बैंकले ७४ करोड, कृषि विकास बैंकले ७६ करोड ९२ लाख, सिटिजन्स बैंकले ५२ करोड ६६ लाख, प्राइम बैंकले १ अर्ब २३ करोड, एनएमबी बैंकले ७९ करोड ९८ लाख, प्रभु बैंकले १ अर्ब २१ करोड र सानिमा बैंकले ६६ करोड २९ लाख रुपैयाँ कर सरकारलाई तिर्नका लागि छुटाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved