चीनले थाल्यो ताइवानलक्षित मिसाइल प्रहार : ताइवानद्वारा ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडान रद्द

अमेरिकी एयरक्राफ्ट क्यारियर ताइवानी जलक्षेत्रतर्फ प्रस्थान

चीनले प्रत्यक्ष सन्यै अभ्यास गरेपछि, ताइवानले ५० भन्दाबढी अन्तराष्ट्रिय उडान रद्द गरेको छ।

नेपालभ्युज

चीनले थाल्यो ताइवानलक्षित मिसाइल प्रहार : ताइवानद्वारा ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं। चीनले, ताइवानलक्षित मिसाइल प्रहार गरेको छ। रकेट फोर्सको इस्टर्न थिएटर कमान्डले ताइवानको पूर्वी कोस्टलाई लक्षित गरी मिसाइल प्रहार गरेको चिनियाँ सरकारी मिडियाले पुष्टि गरेको हो ।

ताइवानले आफ्नो उत्तरपूर्वी तथा दक्षिण-पश्चिमी समुन्द्री तटमा चीनले केही ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ।

चीनको स्थानीय समयअनुसार १३ः५६ मिनेटमा  ‘डोङफेङ’ नामक केही मिसाइल प्रहार भएको ताइवानी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

चीनले, उसकै भाषामा प्रत्यक्ष सैन्य अभ्यास आउँदो आइतबारसम्म जारी रहने जनाएको छ।

ताइवानद्वारा ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडान रद्द

चीनले प्रत्यक्ष सैन्य अभ्यास गरेपछि, ताइवानले ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ। ताइवानको ताओयुआन विमानस्थलबाट उड्ने २५ वटा र अवतरण गर्ने २६ वटा उडान रद्द भएको बीबीसीले जनाएको छ।

यसैबीच, कोरियन एयरले, ताइवानका लागि शुक्रबार र शनिबारका सबै उडान बन्द गरेको छ। त्यस्तै, एसियन एयरलाइन्सले पनि ताइवानसँगको सीधा उडान तत्कालका लागि बन्द गरेको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन्।

अमेरिकी एयरक्राफ्ट क्यारियर ताइवानी जल क्षेत्रतर्फ प्रस्थान

अमेरिकी जलसेना नेभीको यूएसएस रोनाल्ड रेगन एयरक्राफ्ट क्यारियर दक्षिण-पूर्वी ताइवानको जलक्षेत्रतर्फ प्रस्थान गरेको छ।

नेभीका प्रवक्ताले, सो एयरक्राफ्ट क्यारियर सामान्य, नियमित र पूर्वनिर्धारित तालिकाअनुसार, स्वतन्त्र र खुला इन्डो प्यासिफिक क्षेत्रको सहयोगका लागि गस्तीमा हिँडेको प्रतिक्रिया दिएका छन्।

एयरक्राफ्ट क्यारियर फिलिपिन्सको समुन्द्रीबाटो हुँदै गस्तिमा निस्किएको ती प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved