माल्दिभ्समा किरण चेम्जोङ उत्कृष्ट किपर घोषित, मैदानमै प्रेमिकालाई राखे विहेको प्रस्ताव

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सम उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।

नेपालभ्युज

माल्दिभ्समा किरण चेम्जोङ उत्कृष्ट किपर घोषित, मैदानमै प्रेमिकालाई राखे विहेको प्रस्ताव

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सम उत्कृष्ट गोलकिपर घोषित भएका छन् । सोमबार सकिएको माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उत्कृष्ट गोलकिपरमा किरण घोषित भएका हुन् ।

माल्दिभ्समा किरण आवद्ध माजिया स्पोट्र्स एण्ड रिक्रिएसनले यो सिजनमो उपाधि जितेको छ । किरण २०१८ को लिगमा पनि उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

यसैबीच, किरणले मैदानमै प्रेमिका कञ्चन निरौलालाई विहेको प्रस्ताव गरेका छन् । मैदानमा उनको टीमले खुसीयाली मनाइरहेको बेला किरणले प्रेमिकाको हात समातेर मैदानमा लगेका थिए ।

त्यसपछि उनले औँठी लगाइदिएर विहेको प्रस्ताव गरेका हुन् । किरण र कञ्चन विगत डेढ वर्षदेखि प्रेममा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved