बर्दिबासको जिम सेन्टरमा आगलागी, ९० लाखको क्षति

नेपालभ्युज

बर्दिबासको जिम सेन्टरमा आगलागी, ९० लाखको क्षति

महोत्तरी। बर्दिबासको जिमसेन्टरमा भएको आगलागीका कारण लाखौँको क्षति भएको छ। बर्दिबास चोकमा स्थानीय अभिषेक झाले सञ्चालनमा ल्याएको ३६५ फिटनेस जिम सेन्टरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो।

आगलागीबाट ९० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। आगलागीले जिम सेन्टरमा रहेको ट्रस, जिमको सामग्रीहरू जलेको छ। मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved