संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा हुन्छ प्रवक्ता महत

नेपालभ्युज

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा हुन्छ प्रवक्ता महत
फाइल फोटो

काठमाडौं। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन्।

शुक्रबार नेपाल प्रेस युनियन नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते नै संघ र प्रदेश सदस्यको निर्वाचन हुने पक्कापक्की भएको बताए।

उनले सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने बताए। प्रवक्ता महतले देशभरकै प्रेस युनियनलाई जागरूक गरेर आगामी निर्वाचनका लागि लाग्न निर्देशन दिए।
कांग्रेसभित्र पार्टीको विचार संस्थागत विचार राख्न चासो नदिने गरेको बताए। उनले नेपाली काँग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्नेमा नै धेरै चासो हुने गरेको उल्लेख गरे।

उनले भने, ‘‘मंसिर ४ गते त निर्वाचन हुँदैछ। पक्कापक्की छ। केही दिनमा त्यो घोषणा हुन्छ। औपचारिक रुपमा। देशभरकै प्रेस युनियनलाई जागरूक गरेर त्यहाँका पार्टीका साथीहरूसँग समन्वय गरेर हाम्रा विचार र हाम्रा उम्मेदवारहरूको कुरा तत्काल प्रकाशन गर्ने काममा लाग्नुस्।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved