अर्थमन्त्रीमा जनार्दन शर्माकै पुनर्बहाली हुन्छ : गिरिराजमणि पोखरेल

‘‘जे आरोप लागेपछि उहाँले राजीनामा दिनुभएको हो। त्यो आरोप पुष्टि नभएपछि उहाँ पदमा फर्किनुपर्छ। छानबिनका लागि सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएका कारण अहिले निर्दोष साबित भएपछि उहाँनै अर्थमन्त्रीमा फर्कनुपर्ने स्वाभाविक मान्यता हो।’’

नेपालभ्युज

अर्थमन्त्रीमा जनार्दन शर्माकै पुनर्बहाली हुन्छ : गिरिराजमणि पोखरेल

काठमाडौं। अर्थमन्त्रीमा जनार्दन शर्माकै पुनर्बहाली हुने नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बताएका छन्। संसदीय छानबिन समितिले निर्दोष ठहर गरेका कारण अर्थमन्त्रीका लागि पार्टीमा शर्मा बाहेक अरूको विकल्प नखोजिने उनले बताए।

नेपालभ्यूजसँग कुरा गर्दै पोखरेलले भने, ‘‘जे आरोप लागेपछि उहाँले राजीनामा दिनुभएको हो। त्यो आरोप पुष्टि नभएपछि उहाँ पदमा फर्किनुपर्छ। छानबिनका लागि सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएका कारण अहिले निर्दोष साबित भएपछि उहाँनै अर्थमन्त्रीमा फर्कनुपर्ने स्वाभाविक मान्यता हो।’’

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दरमा हेरफेर गरेको भन्ने प्रमुख प्रतिपक्षी दलको आरोप पछि छानबिनका लागि शर्माले राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले शुक्रबार सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा शर्मालाई निर्दोष साबित गरिएको छ।

अनधिकृत व्यक्तिले करका दर हेरफेरको आरोप लागेपछि अर्थमन्त्री शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए। समितिले बजेट भाषणको अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा गएको पुष्टि नभएको निष्कर्ष निकालेको छ।

‘‘समितिले अर्थ मन्त्रालयका पदाधिकारीहरूसँग गरेका छलफल, अर्थ मन्त्रालयबाट प्राप्त गरेका जवाफ र कागजात, प्राप्त गरेका सिसिटिभी फुटेजको अध्ययनलगायत हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन,’’ प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘‘सो नदेखिएपछि करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved