अनुसन्धान विभागले थाल्यो गैर कानुनी रूपमै फोन ट्यापिङ गर्न

नेपालभ्युज

अनुसन्धान विभागले थाल्यो गैर कानुनी रूपमै फोन ट्यापिङ गर्न

काठमाडौं। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको मुभमेन्ट बढेको भन्दै गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ शुरु गरेको छ।

फोन ट्यापिङसम्बन्धी कानुन नबनेकोले गैर कानुनी रूपमै राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको हो। यसकारण विभागले यसको प्रयोगबारे औपचारिक रूपमा बाहिर केही बताएको छैन।

पछिल्लो दुई महिनायता सो मेसिन सक्रिय रहेको अनुसन्धान विभागका एक अधिकारीले बताए।
केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट बढाउने गरेका कारण फोन ट्यापिङ मेसिन सक्रिय बनाउनुपरेको अनुसन्धान विभागका एक अधिकारीले बताए।

नियमित रूपमा नभई बेलाबखत भने यो मेसिन प्रयोग गरिँदै आएको स्रोतको दाबी छ। नेपालमा प्रतिआतंकवाद सेल नभएका कारण पनि सरकारले यस्ता विषयमा कानुन बनाएर फोन ट्यापिङ गर्न दिनुपर्ने विभागको माग छ।

भारत तथा चीनका अधिकारीहरू गुपचुप रूपमै नेपाल आउने जाने गरेकाले पनि सम्भावित व्यक्तिहरूसँगको भेटघाट र कुराकानीलाई लक्षित गरेर फोन ट्यापिङ शुरु गरिएको स्रोतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved