विद्यार्थीलाई हातखुट्टा टेकाएर पिटेको भिडिओ भाइरल

विद्यार्थी कुट्ने युनाइटेड एकेडेमीसँग महानगरले गर्‍यो सोधपुछ

लहरै विद्यार्थीलाई राखेर हातखुट्टा टेकाएर एक जनाले पिठ्युँमा छडीजस्तो देखिने वस्तुले पिटेको भिडियो भाइरल बनेको हो।
भिडिओ सार्वजनिक भएपछि कुट्ने शिक्षक तथा विद्यालयको आलोचना भएको छ।

नेपालभ्युज

विद्यार्थीलाई हातखुट्टा टेकाएर पिटेको भिडिओ भाइरल

काठमाडौं। केही दिनयता दिनदेखि सामाजिक सञ्जालमा विद्यार्थीलाई हातखुट्टा टेकाएर कुटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। लहरै विद्यार्थीलाई राखेर हातखुट्टा टेकाएर एक जनाले पिठ्युँमा छडीजस्तो देखिने वस्तुले पिटेको भिडियो भाइरल बनेको हो।
भिडिओ सार्वजनिक भएपछि कुट्ने शिक्षक तथा विद्यालयको आलोचना भएको छ। कारबाहीको माग समेत उठेको छ।

यसरी विद्यार्थी कुट्ने स्कुल ललितपुर महानगरपालिकाको कुमारीपाटीमा रहेको युनाइटेड एकेडेमी रहेको खुलेको छ। विद्यार्थीलाई शारीरिक रुपमा सजाय दिएको भन्दै कारबाहीको माग उठेको छ।

युनाइटेडका स्कुलका अभिभावकले विद्यार्थीमाथि शारीरिक सजायका घटना हुने गरेको गुनासो गर्दै आएका छन्। भिडिओ भाइरल भएपछि स्कुललाई कारबाही गर्नुपर्ने माग झनै उठेको छ।

महानगरका मेयर चिरीबाबु मर्हजनसँग सरोकारवालाले कारबाहीको मागसमेत गरेका छन्। कारबाहीको दबाब बढेपछि महानगरको शिक्षा शाखाले एकेडेमी सञ्चालकसँग सोमबार सोधपुछ गरेको छ।

तर, एकेडेमीले भने १० वर्षअघिको भिडियो अहिले भाइरल गरिएको जवाफ दिएको महानगरको शिक्षा शाखाले बताएको छ। महानगरका शिक्षा शाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले भने, ‘‘उहाँहरूले भिडिओ पुरानो भन्नुभयो। तर पनि थप जाँचबुझ गर्दैछौं। पुराना भए पनि यसरी विद्यार्थी कुट्न पाइँदैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved