सन्दीपले खेल्न लागेको लंका प्रिमियर लिग रद्द

श्रीलंकामा जारी आर्थिक संकटका कारण दुई साताअघि खेल रद्द भएको हो।

नेपालभ्युज

सन्दीपले खेल्न लागेको लंका प्रिमियर लिग रद्द

काठमाडौं। नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले पहिलोपटक खेल्न लागेको लंका प्रिमियर लिग (एलपीएल) अनिश्चित समयका लागि रद्द भएको छ।

श्रीलंकामा जारी आर्थिक संकटका कारण प्रतियोगिता शुरु हुन दुई हप्ता बाँकी रहँदा एलपीएल तत्कालका लागि रद्द गरिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ।

यसअघि यो सिजनको लंका प्रिमियर लिग २०२२ आगामी अगष्ट १ देखि ३१ सम्म हुने तय भएको थियो।

लिग आयोजनाको अधिकार प्राप्त संस्था इन्नोभेटिभ प्रोडक्सन ग्रुपले देशमा विद्धमान आर्थिक संकटका कारण लिग गर्न नसकिने आग्रह श्रीलंका क्रिकेट बोर्डलाई गरेको थियो।

एलपीएलले गत दुई सिजनमा विश्व फ्रेन्चाइज लिगहरूको सूचीमा राम्रै सफलता प्राप्त गरेको थियो। यो सिजनका लागि पनि लिगमा विदेशी खेलाडीहरूलाई क्लबमा आवद्ध गर्ने काम भैसकेको थियो।

जसअनुसार सन्दीपलाई दम्बुला जायन्ट्स टिमले ४० हजार डलरमा अनुबन्धित गरेको थियो।

आर्थिक संकटकै कारण श्रीलंकामा नै अगस्टको अन्त्यमा आयोजना हुने भनिएको एसिया कप क्रिकेट पनि यूएई सर्ने सम्भावना प्रबल रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved