गभर्नरमाथिको हमला कालो धन सेतो बनाउने प्रयास : प्रदीप ज्ञवाली

नेपालभ्युज

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि हमला गर्नुको कारण कालो धनलाई सेतो बनाउने प्रयास भएको बताएका छन्।

नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। यसअघि पनि अर्थमन्त्रीले गभर्नरलाई हटाउने प्रयास गरेको उनको आरोप छ।

‘‘कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला गरिएको छ। हिजो पनि हटाउने प्रयास भएकै हो’’, उनले भने, ‘‘कसैले ४० करोड ल्याउँदा स्रोत देखाउन सकेन। मन्त्रीजीले त्यो धनलाई तुरुन्त फुकुवा गर्नू भनेर तोक लगाउनुभयो। भनेबमोजिम गर्न नमान्दा राष्ट्र बैंकमाथि हमला भएको हो।’’

पूर्वमन्त्री समेत रहेका नेता ज्ञवालीले सत्ता गठबन्धन मुलुकका लागि डरलाग्दो रहेको बताए। मुलुक बिचौलियाको नियन्त्रणमा जान थालेको उनको भनाइ छ।

‘‘राजनीतिक गठबन्धनप्रति हामीलाई कुनै आपत्ति छैन तर आज राजनीतिक गठबन्धनको आवरणमा भ्रष्टाचार, कालाबजारीया, कमिसनतन्त्रलाई संरक्षण गर्ने खतरनाक वित्तीय गठबन्धन भइरहेको छ,’’ उनले भने, ‘‘मुलुकका निम्ति असाध्यै डरलाग्दो कुरा हो।’’

‘एम अधिकारी’ प्रकरण : एमालेले सुल्झाउन नसकेको गुत्थी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved