सावित्रा पुन: केरलातिर

नेपालभ्युज

सावित्रा पुन: केरलातिर

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई भारतीय क्लब गोकुलम केरला एफसीले पुनः अनुबन्धित गरेको छ।

क्लबले आइतबार सामाजिक सञ्जाल मार्फत सावित्रालाई एक वर्षका लागि टिममा भित्राएको घोषणा गरेको हो।

सन् २०१९–२० को सिजनमा गोकुलम केरला एफसीसँग आबद्ध भएकी सावित्रा क्लबको प्रमुख खेलाडी थिइन्। उनकै विशेष योगदानमा गोकुलमले अपराजित रहँदै उक्त सिजनको भारतीय महिला लिग (आइडब्लूएफ) को उपाधि जितेको थियो।

उक्त सिजनको लिगमा सावित्राले सर्वाधिक गोलकर्ताको उपाधि जितेकी थिइन। उनले सात खेलमा कुल १६ गोल गरेकी थिइन्।

यसअघिको सिजनमा भारतीय महिला लिगको अर्को क्लब सेथु एफसीबाट खेल्दा पनि टिमलाई लिग च्याम्पियन बनाउन उनको महत्वपूर्ण योगदान थियो। उक्त सिजन सेथु एफसीबाट उनले १४ गोल गरेकी थिइन्।

गत सिजन भने घुँडाको चोटका कारण उनले यो लिग खेल्न पाएकी थिइनन्। गतवर्ष चोटका उपचारका क्रममा लामो समय मैदान बाहिर रहेकी उनले क्लब मात्र होइन राष्ट्रिय टिमको पनि धेरै खेल गुमाएकी थिइन।

एपीएफ क्लबबाट घरेलु फुटबल खेल्ने सावित्रा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी उच्च गोलकर्ता खेलाडी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved