शंकर पोखरेलको आरोप : गठबन्धनले वैदेशिक चलखेल निम्त्यायो

नेपालभ्युज

शंकर पोखरेलको आरोप : गठबन्धनले वैदेशिक चलखेल निम्त्यायो

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले राजनीतिक अस्थिरता र वैदेशिक चलखेल निम्त्याएको आरोप लगाएका छन्।

आइतबार पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताए।

‘‘गठबन्धनले राजनीतिक अस्थिरता, नीतिगत विचलन, स्वार्थहरुको सौताबाजी, वैदेशिक चलखेल निम्त्याएको छ। मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने हो भने राजनीतिक ध्रुवीकरण अनिवार्य छ’’, उनले भने।

देशमा धेरै राजनीतिक दलको आवश्यकता नभएको पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved