काठमाडौं उपत्यकामा फैलँदै हैजा, दुई बालबालिकासहित २७ जना संक्रमित

काठमाडौं उपत्यकाको बागबजारसँगै डिल्लीबजार, कपन र बोहराटार तथा ललितपुरको सानेपा क्षेत्रमा हैजा फैलिएको छ। यससँगै हैजाका बिरामी बढ्दै गएका छन्। शनिबारसम्म २७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालभ्युज

काठमाडौं उपत्यकामा फैलँदै हैजा, दुई बालबालिकासहित २७ जना संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकाको बागबजारसँगै डिल्लीबजार, कपन र बोहराटार तथा ललितपुरको सानेपा क्षेत्रमा हैजा फैलिएको छ। यससँगै हैजाका बिरामी बढ्दै गएका छन्। शनिबारसम्म २७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा २७ जनामा हैजा देखिएको हो। हैजा देखिएकामध्ये दुई जना ५ वर्षमुनिका बालबालिका रहेका छन्।
पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसपछि बिरामीको सङ्ख्या बढ्दै आएको छ।

अहिले बागबजारसँगै काठमाडौंको डिल्लीबजार, कपन र बोहराटार तथा ललितपुरको सानेपा क्षेत्रमा हैजाका बिरामी देखिएका हुन्।

त्यस्तै, ५ देखि १४ वर्षसम्मका चार बालबालिकामा हैजा देखिएको छ। यसै गरी ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।

हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ। अन्य बिरामी निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved