एमाले अध्यक्ष ओलीलाई भेटे बामदेव गौतमले

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन्।

नेपालभ्युज

एमाले अध्यक्ष ओलीलाई भेटे बामदेव गौतमले

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन्। ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवास गएका थिए।

सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेटेको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले बताए। गौतमले ओलीपछि अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने पाण्डेले बताए।

नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेकपा भङ्ग भएर दुई पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेर छुट्टै पार्टी खोलेका हुन्। उनले एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved