जनताले आशीर्वाद दिए फेरि प्रधानमन्त्री बन्छु : प्रचण्ड

नेपालभ्युज

जनताले आशीर्वाद दिए फेरि प्रधानमन्त्री बन्छु : प्रचण्ड
फाइल तस्वीर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एकपटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन्।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा गरेको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्। उनले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताए।

अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दाबीसमेत गरे।

उनले जनताले आर्शीवाद दिए भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने विश्वासमा रहेको बताए। “सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मन भित्र छु,” उनले भने, “मेरै नेतृत्वमा हजारौँ नेपालीको बलिदान भएको छ, यो परिवर्तन ल्याउनका निम्ति। यहाँ त्यो कुरा पनि आयो। म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved