मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

नेपालभ्युज

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

पर्वत। मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन्।

मोदी गाउँपालिका–६ तिलाहार बस्ने याम बहादुर केसीको घर अगाडि पार्किङ गरी राखेको ध१प२४९२ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा कुश्मा नगरपालिका-११ बस्ने २८ वर्षीय सन्तोष बिक र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । शुक्रबार बिहान पार्किङ गरी राखेको ठाउँबाट मोटरसाइकल चोरी भएको सूचनापछि प्रहरीले उनीहरूलाई आफनै घर वतनबाट पक्राउ गरेको हो।

चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved