पर्यटनमन्त्री आलेको विषयमा माधव नेपाल भन्छन् – बोल्दा सजग हुनुपर्छ

नेपालभ्युज

पर्यटनमन्त्री आलेको विषयमा माधव नेपाल भन्छन् – बोल्दा सजग हुनुपर्छ

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बोल्दा विचार नपुर्‍याए हैरानी खेप्नुपर्ने बताएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको विषयमा धारणा राख्दै उनले बोल्दा विचार पुर्‍याउनुपर्ने बताएका हुन्।

आज पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एसका अध्यक्ष नेपालले विभिन्न सञ्चार माध्यमका सम्पादकसँग अन्तरक्रिया गरेका थिए। सो क्रममा पर्यटनमन्त्रीको पछिल्लो क्रियाकलापमाथि उठेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘‘बोल्दा सजग हुनुपर्छ। बोल्ने विषयमा सचेत नभए पछि हैरानी खेप्नुपर्छ।’’

शुक्रबार मन्त्री आलेले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गरेको अडियो सार्वजनिक भएको थियो। अश्लील गाली गरेको सार्वजनिक अडियोमा सुन्न सकिन्छ। उनले अध्यक्षमाथि हातपात समेत गरेको समाचार प्रकाशित भएको थियो। मन्त्री आलेले कार्यकक्षमै अपशब्द प्रयोग गरेपछि उनको आलोचना भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved