कांग्रेसको संसदीय दलको बैठक बस्दै

नेपालभ्युज

कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक अहिले बिहान बोलाइएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बस्नेछ ।

दिँउसो बस्ने संसद बैठकमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको सांसद रामहरि खतिवडाले जानकारी दिए ।

कांग्रेसले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै संसद अवरोध गर्दै आएको छ । हिजै बस्ने भनिएको संसदीय दलको बैठक कांग्रेस नेताको निधनका कारण आजलाई सारिएको हो ।

पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण बैठक स्थगित गरिएको खतिवडाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved