वामदेव गौतमले भने, ‘केपी ओलीले नै एसपीपी सम्झौता अघि बढाउने काम गरे’

नेपालभ्युज

वामदेव गौतमले भने, ‘केपी ओलीले नै एसपीपी सम्झौता अघि बढाउने काम गरे’
फाइल तस्वीर

काठमाडौं। केपी शर्मा ओलीले नै अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेका वामदेव गौतमले दाबी गरेका छन्।

राष्ट्रिय सभा सदस्य गौतमले यो सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले नै एसपीपी प्रस्ताव बढाएको बताएका हुन्।

गौतमले सरकार र सरकारको नेतृत्वको गरेको नेपाली कांग्रेसले अघि नबढाउने भनेपछि एसपीपीसम्बन्धी समस्या समाधान भएको पनि पटक पटक दोहोर्‍याए। यस प्रस्तावबारे संसदमा आएर जवाफ दिन पनि गौतमले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे।

‘अहिले एमालेका अध्यक्ष कमरेड केपी ओलीले शुरु गर्नु भयो यो सम्झौता भनेपछि सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु। म फेरि प्रधानमन्त्रीले गरेको, म त्यसमा संलग्न छैन भन्दिन। त्यो सरकारमा सामेल भईसकेपछि प्रधानमन्त्रीले गरेको काम प्रधानमन्त्रीले व्यक्त गरेको विचारसित सहमत हुनुपर्दछ,” उनले भने, “त्यसो भएर म माथि पनि आरोप लाग्न सक्दछ भनेर मैले त्यस सम्बन्धमा खोजी नीति गर्दा अब के के भएको हो, अस्तिमात्रै एउटा पत्र आएको छ। र, त्यो पत्रले प्रस्ट पारिदिएको छ-यसको शुरुआत जसले गरेको भए पनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू, त्यसमा संलग्न हुनुहुन्छ। अब सदनलाई साँचो कुरा बताउनु पर्दछ–र सत्य बताउँदा कोही पनि सानो हुँदैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved