सैन्य गठबन्धनको विरोध गर्छु, अमेरिकालाई त्यही बताएको छु : प्रधानसेनापति शर्मा

अन्तर्राष्ट्रिय समितिमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले जनतामाझ भ्रम सिर्जना गर्न यस्तो डकुमेन्ट सार्वजनिक भएको आरोप लगाए। यसअघि, आजै परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा एसपीपीका विषयमा उठेको प्रश्नको जवाफ दिएका थिए।

नेपालभ्युज

सैन्य गठबन्धनको विरोध गर्छु, अमेरिकालाई त्यही बताएको छु : प्रधानसेनापति शर्मा
फाइल फोटो

काठमाडौं। नेपाली सेना कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार बिहान स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले यस्तो बताएका हुन्।

सेनाका तर्फबाट एसपीपीका विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले हाल सार्वजनिक भएको सेनाको पत्र सत्य भएको भने स्वीकार गरेका छन्। यस्तै, प्रधानसेनापति शर्माले एसपीपीका १० बुँदा भनेर सार्वजनिक भएका डकुमेन्ट गलत भएको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय समितिमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले जनतामाझ भ्रम सिर्जना गर्न यस्तो डकुमेन्ट सार्वजनिक भएको आरोप लगाए।

“अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा सेनाले पत्र पठाएको हो,” प्रधानसेनापति शर्माले भने, “मैले अमेरिकालाई नेपालले कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताइसकेको छु। यसमा थप शंका उपशंका नगरौँ।”

यस क्रममा उनले नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी हुने कुराको विरोध समेत गरे। प्रधानसेनापति शर्मा यसै महीना अमेरिका भ्रमणमा जाँदैछन्।

यसअघि, आजै परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा एसपीपीका विषयमा उठेको प्रश्नको जवाफ दिएका थिए। परराष्ट्रमन्त्री डा. खड्काले प्रधानमन्त्री र प्रधानसेनापतिले नै एसपीपीमा सम्झौता नहुने भनिसके सँगै यो विषयको अध्याय सकिएको दाबी गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved