एसीसी महिला टी-२० : पहिलो खेलमा भुटानको सामना गर्दै नेपाल

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप आजदेखि मलेसियामा शुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टिमले भुटानको सामना गर्न लागेको हो।

नेपालभ्युज

एसीसी महिला टी-२० : पहिलो खेलमा भुटानको सामना गर्दै नेपाल

काठमाडौं। नेपाली महिला टिमले आज भुटानको महिला टिमसँग टी–ट्वान्टी खेल खेल्दैछ। एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले भुटानको सामना गर्न लागेको हो।

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप आजदेखि मलेसियामा शुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपाली महिला टिमले भुटानको सामना गर्न लागेको हो।

प्रतियोगिताको लागि रुविना क्षत्रीको कप्तानीमा रहेकी १५ सदस्यीय नेपाली टिम मलेसिया पुगिसकेको छ। प्रतियोगिताका लागि १९ खेलाडी सहितको अन्तिम चरणको बन्द प्रशिक्षणपछि क्यानले १५ खेलाडीको अन्तिम टिम छानेको हो।

रुविना नेपाली महिला टिमकी दोस्रो कप्तान हुन्। महिला टिमकी पहिलो कप्तान नेरी थापाबाट सन् २०१२ मा उने कप्तानीको दायित्व पाएकी थिइन्।

महिला टिमले हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न नसकेको पीडा हाल खेलिरहेका खेलाडीमा पनि रहेको रुविना बताउँछिन्, “महिला क्रिकेटमा हामीले कुनै पनि उपाधि ल्याउन सकेका छैनौं। हामी क्रिकेट खेलिरहेका खेलाडीमा यसको ठूलो पीडा छ।”

यो पटक भने सबै खेलाडीको मिहिनेत हेर्दा नेपालले राम्रो प्रदर्शन गर्नेमा उनको विश्वास छ। यो पटक टिमले खाली हात नफर्कने गरी प्रतिस्पर्धा गर्ने उनको बुझाइ छ।

“हामी सबैको एउटै लक्ष्य भनको च्याम्पियन भएर फर्कने हो। हामीले गरेको अभ्यास र मिहिनेतले हामी च्याम्पियन हुन्छौं भन्ने विश्वास छ। हामीले धेरै वर्षदेखि क्रिकेट खेलिरहेका छौं,” मलेसिया जानुअघि रुविनाले भनिन्, “त्यसैले यो प्रतियोगितामा कुनै दबाब छैन। तर, नतिजा दिन नसकिरहेकोले यसपालि भने त्यसका लागि प्रयास गर्नेछौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved