सांसद मानन्धर भन्छन् – फोहोर व्यवस्थापनको जिम्मा मलाई दिनोस्, म समाधान गर्छु

नेकपा (एमाले) का सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा आफूलाई दिन आग्रह गरेका छन्।

नेपालभ्युज

सांसद मानन्धर भन्छन् – फोहोर व्यवस्थापनको जिम्मा मलाई दिनोस्, म समाधान गर्छु

काठमाडौं। नेकपा (एमाले) का सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा आफूलाई दिन आग्रह गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन समिति गठन गर्न प्रस्ताव गरे।

‘‘नेतृत्व आएको एक महिना भइसक्यो तर काठमाडौंमा फोहोरमैलाको समस्या झनै बढेको छ,’’ संसदमा उनले भने, ‘‘त्यसैले मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठन गरियोस्, म समाधान गर्छु।’’

आज मात्रै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका, धादिङको धुनीबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिबीच १८ बुँदे सहमति भएको छ। आजैदेखि फोहोर उठाउनेगरी सहमति भएको हो।

काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनीबेसी नगरपालिका १ का वडाध्यक्ष बहादुर तामाङ, ३ का वडाध्यक्ष प्रकाश हमाल तथा ककनी १ का वडाध्यक्ष पदम बहादुर श्रेष्ठ बलामी र २ का वडाध्यक्ष तिलकबहादुर लामाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार अब सिसडोल र बञ्चरेडाँडामा रातिको समयमा मात्रै फोहोर काठमाडौंबाट जानेछ। जसका लागि तीन महीनाभित्र काठमाडौं महानगरले बत्तीसहित बाटो मर्मत गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved