पृथ्वी राजमार्ग अवरुद्ध, सवारीसाधनलाई आएकै तर्फ फर्काइँदै

सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

नेपालभ्युज

पृथ्वी राजमार्ग अवरुद्ध, सवारीसाधनलाई आएकै तर्फ फर्काइँदै

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो। सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि सवारीसाधनलाई जताबाट आएको हो, त्यतैतर्फ फर्काइएको उनले बताए। करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved