राजसंस्था आफ्नै कारणले समाप्त भयो, अब फर्किँदैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था नफर्कने दाबी गरेका छन्।

नेपालभ्युज

राजसंस्था आफ्नै कारणले समाप्त भयो, अब फर्किँदैन : कमल थापा

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था नफर्कने दाबी गरेका छन्।

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापाले राजसंस्था आफ्नै कारण समाप्त भएको बताए।

उनले भने, ‘‘राजसंस्था अब कुनै पनि हालतमा फर्किँदैन। सबैको अभिभावक बन्न नसक्दा फर्कने सम्भावना समाप्त भयो।’’

उनले राजसंस्था फर्काउने भन्ने असम्भव एजेण्डा बोकेर जाँदा हिन्दु राष्ट्र लगायतका एजेण्डा ओझेलमा पर्ने भएकाले राजतन्त्रको एजेण्डा परित्याग गरेको दाबी गरे। राप्रपा नेपालले लोकतन्त्र, राष्ट्रियता र हिन्दु राष्ट्रलाई मुख्य एजेण्डा बनाएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved