नेसन्स लिग फुटबल : पोल्यान्डको पोस्टमा बेल्जियमको ६ गोल

समूह चरणअन्तर्गत गएराति बेल्जियमले पोल्याण्डलाई ६–१ गोल अन्तरले पराजित गर्यो। पोल्यान्डको शुरुआती अग्रता उल्टाउँदै बेल्जियमले शानदार जित निकालेको हो।

नेपालभ्युज

नेसन्स लिग फुटबल : पोल्यान्डको पोस्टमा बेल्जियमको ६ गोल

काठमाडौं। बेल्जियमले पोल्यान्डमाथि शानदार जित निकालेको छ। यूईएफए नेसन्स लिग फुटबलअन्तर्गतको खेलमा गएराति बेल्जियमले पोल्यान्डमाथि फराकिलो जित निकालेको हो।

समूह चरणअन्तर्गत गएराति बेल्जियमले पोल्याण्डलाई ६–१ गोल अन्तरले पराजित गर्यो। पोल्यान्डको शुरुआती अग्रता उल्टाउँदै बेल्जियमले शानदार जित निकालेको हो।

बेल्जियमको घरेलु मैदानमा पोल्यान्डले खेलको २८ औँ मिनेटमै शुरुआती अग्रता लिएको थियो। तर, जोगाउन नसक्दा उसले हार व्यहोर्यो।

खेलको ४२ औँ मिनेटमा एलेक्स विसलले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काए। यस्तै, केभिन डे ब्रुएनाले ५९ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए।

त्यसपछि, खेलको ७३ औँ र ८० औँ मिनेटमा लिन्द्रो ट्रोसार्ड, ८३ औँ मिनेटमा लिन्डर डेनडोनकर तथा इन्जुरी समयमा लोइस ओपेन्ड़ाले गोल गर्दै बेल्जियमलाई ६–१ को जित दिलाए।

जितसँगै लिग ए समूह ४ को बेल्जियमले २ खेलमा ३ अंक जोडेको छ। बेल्जियम दोस्रो स्थानमा रहेको छ। ३ अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved