नेसन्स लिग : इटालीको पहिलो जित

समूह चरणअन्तर्गत गएराति हंगेरीलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले लिगमा पहिलो जित निकालेको हो।

नेपालभ्युज

नेसन्स लिग : इटालीको पहिलो जित

काठमाडौं। यूईएफए नेसन्स लिग फुटबलमा इटालीले पहिलो जित दर्ता गरेको छ। लिगको दोस्रो खेलमा इटाली विजयी भएको हो।

समूह चरणअन्तर्गत गएराति हंगेरीलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले लिगमा पहिलो जित निकालेको हो।

इटालीको जितामा निकोलो बरेला र लोरेन्जो पेल्लिग्रिनीले एक एक गोल गरे। इटालीकै जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि इटालीले २-१ गोल अन्तरको नतिजा निकालेको हो।

जितसँगै इटाली लिग ए समूह ३ को शीर्ष स्थानमा रहेको छ। उसले २ खेलमा ४ अंक जोडेको छ। हंगेरी २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved