शहरी विकास मन्त्रालयले काम गर्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या : गगन थापा

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शहरी विकास मन्त्रालयले समयमै आवश्यक काम गर्न नसक्दा काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या देखिएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद थापाले फोहोर व्यवस्थापनको मूल जिम्मेवारी महानगरपालिका र सहरी विकास मन्त्रालयको भएको र यसअघिको समयमा आवश्यक काम नगरेकाले अहिले समस्या देखिएको बताए।

उक्त समस्याको गाँठो फुकाउनका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताउँदै उनले काठमाडौंको बञ्चरेडाँडा र सिसडोलमा थप बजेटमा निकास खोजेर भए पनि समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। उनले आगामी दिनमा कम मूल्यमा मात्रै होइन कम समयमा पनि काम गर्छु भन्नेलाई ठेक्का दिँदा पूँजीगत खर्च कम हुने र समस्या समाधान हुने धारणा व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved