पश्चिम सेती र सुख्खा बन्दरगाहले सुदूरपश्चिमको तीव्र विकास हुन्छ- प्रधानमन्त्री देउवा 

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि दुई महत्त्वपूर्ण परियोजना सरकारले अघि सारेको बताएका छन्।

नेपालभ्युज

पश्चिम सेती र सुख्खा बन्दरगाहले सुदूरपश्चिमको तीव्र विकास हुन्छ- प्रधानमन्त्री देउवा 
फाइल फोटो

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि दुई महत्त्वपूर्ण परियोजना सरकारले अघि सारेको बताएका छन्। सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उनले पश्चिम सेती र महाकालीमा सुख्खाबन्दरगाहा निर्माणको कार्य अघि सारेको बताए।

सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू गम्भीर रहेको बताएका हुन्। ‘‘सुदूरपश्चिममा सुख्खा बन्दरगाह बनाउने सहमति भएको छ। यो सुख्खा बन्दरगाह बनाउन सके सिधै बम्बैसँग सम्बन्ध हुनेछ,’’ उनले भने, ‘‘यसले यो क्षेत्रको तिव्र विकास पनि हुनसक्छ।’’

उनले लगानीकर्तालाई सुरक्षा दिन सकेमा सुदूरपश्चिम प्रदेशेको विकास छिट्टै हुने दाबी गरे। पहिलोपटक आफू काठमाडौं आउँदा निकै विकट रहेको तर, अहिले मोटरबाटोसहित विकास भएकाले सहज भएको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved