रूपन्देहीमा रोहिणी पुलबाट बस खस्दा नौजनाको निधन

जनकपुरबाट भैरहवा जाँदै गरेको बस आइतबार बिहान साढे ४ बजे परासी-भैरहवा सडकखण्डमा पर्ने उक्त पुलबाट खसेको हो।

नेपालभ्युज

रूपन्देहीमा रोहिणी पुलबाट बस खस्दा नौजनाको निधन

काठमाडौं। रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रोहिणी पुलबाट यात्रुबाहक रात्री बस खस्दा नौ जनाको मृत्यु भएको छ।

जनकपुरबाट भैरहवा जाँदै गरेको बस आइतबार बिहान साढे ४ बजे परासी-भैरहवा सडकखण्डमा पर्ने उक्त पुलबाट खसेको हो। दुर्घटनामा २३ जना घाइते भएका छन्।

३२ जना यात्रु बोकेको लु २ ख ३८४१ नम्बरको बस बिहान साढे चार बजे खसेको प्रहरीले जनाएको छ । घटनामा आठ जना पुरुष र एक महिलाको निधन भएको र अन्य यात्रु घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।

बस खोलामा खसेर घाइते भएका मध्ये ५ जनाको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भैरहवाकै भीम अस्पतालमा मृत्यु भएको हो । घाइतेहरुको युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved