यू-१९ महिला विश्वकप छनोट : यूएईसँग भिड्दै नेपाल

नेपालले आफ्नो पहिलो खेलमा हिजो शुक्रबार कतारलाई ७९ रनले पन्छाएको थियो। यूएईले पनि आफ्नो पहलिो खेलमा भुटानलाई १६० रनले हराएको थियो।

नेपालभ्युज

यू-१९ महिला विश्वकप छनोट : यूएईसँग भिड्दै नेपाल

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटको एशियाली छनोट प्रतियोगितामा नेपालले आज यूएईको सामना गर्दैछ। पहिलो खेलमा कतारमाथि शानदार जित निकालेको नेपाल दोस्रो खेलमा यूएईको सामना गर्दैछ।

नोपल र यूएईबीचको खेल मलेसियाको यूकेएम ओभलमा हुँदैछ। खेल अहिले बिहान ११ बजे शुरु हुनेछ।

नेपालले आफ्नो पहिलो खेलमा हिजो शुक्रबार कतारलाई ७९ रनले पन्छाएको थियो। यूएईले पनि आफ्नो पहलिो खेलमा भुटानलाई १६० रनले हराएको थियो।

उक्त प्रतियोगिताको लागि कृतिका मरासैनीको कप्तानीमा १४ सदस्यीय नेपाली टिम मलेसियामा छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पहिलो पटक यू–१९ महिला विश्वकप क्रिकेट आयोजना गर्न लागेको हो। यू–१९ महिला विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुँदैछ।

उक्त विश्वकपको एशियाली छनोट प्रतियोगितामा नेपालसहित मलेशिया, भुटान, थाइल्याण्ड, कतार र यूएई सहभागी छन्। प्रतियोगिताबाट मात्र एक टिम विश्वकपको लागि छनोट हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved