यू-१९ महिला विश्वकप छनोट : कतारमाथि नेपालको फराकिलो जित

नेपाली महिला टिमले कतारलाई ७९ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ११७ रन बनायो।

नेपालभ्युज

यू-१९ महिला विश्वकप छनोट : कतारमाथि नेपालको फराकिलो जित

काठमाडौं। यू–१९ विश्वकप क्रिकेटको एशियाली छनोट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ। मलेसियामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई पराजित गरेको हो।

नेपाली महिला टिमले कतारलाई ७९ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ११७ रन बनायो।

नेपालका लागि आश्मा पुलामी मगरले ३९ बलमा ३२ रन जोडिन्। यस्तै सृष्टि जैसीले १९ बलमा २३ रन बनाइन्।

११८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर चार बलमा मात्रै ३८ रन जोडेर अलआउट भयो। त्यसपछि नेपालले पहिलो खेलमा ७९ रनको फराकिलो जित निकाल्यो।

उक्त प्रतियोगिताको लागि कृतिका मरासैनीको कप्तानीमा चौध सदस्य नेपाली टिम मलेसियामा छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पहिलो पटक यू–१९ महिला विश्वकप क्रिकेट आयोजना गर्न लागेको हो। यू–१९ महिला विश्वकप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुँदैछ।

उक्त विश्वकपको एशियाली छनोट प्रतियोगितामा नेपालसहित मलेशिया, भुटान, थाइल्याण्ड, कतार र यूएई सहभागी छन्। प्रतियोगिताबाट मात्र एक टिम विश्वकपको लागि छनोट हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved