चोरीको चार थान मोटरसाइकलसहित झापाबाट दुई जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा चोरी भएको चार थान मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन्।

नेपालभ्युज

चोरीको चार थान मोटरसाइकलसहित झापाबाट दुई जना पक्राउ
प्रतिकात्मक तस्वीर

झापा। मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा चोरी भएको चार थान मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन्।

पाँचथर मिक्लाजुङ गाउँपालिका–५ बस्ने २१ वर्षीय चन्द्र कुमार योङवा र २० वर्षीय सुरेन्द्र भन्ने जिवन कुरुवाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

दमक नगरपालिका-६ नेपालीरिका होटल अगाडि पार्किङमा रहेकाे सोही नगरपालिका-४ बस्ने सुमन खड्काको मे११प ५५१२ नम्बरको मोटरसाइकल शुक्रबार चोरी भएको थियाे। शुक्रबार बिहान नै उक्त नगरपालिकाकाे शंखधर चोकमा खड्काकाे माेटरसाइकल चलाइरहेकाे अवस्थामा भेटिएका थिए।

उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा उनीहरूले थप तीन ओटा मोटरसाइकलहरु विभिन्न स्थानबाट चोरी गरेको खुल्न आएको प्रहरीले जनाएकाे छ। चोरी भएका प्र.१-०१-०१५ प ८६९० नम्बर, प्र.१-०१-०१४ प १२४० नम्बर, मे ८ प ९२९७ नम्बरका मोटरसाइकल पाँचथर मिक्लाजुङ गाउँपालिकाका विभिन्न स्थानबाट बरामद गरिएकाे ईलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved