वृद्धभत्ता ५८ वर्षमै झार्नुस्, मान्छेले एमालेलाई नै ताली ठोक्छन् : सुरेन्द्र पाण्डे

र्थमन्त्री जनार्दन शर्माले आफू अर्थमन्त्री भए शिक्षामा २० प्रतिशत बजेट छुट्याउँथे भनेर भनेको सम्झाउँदै उनले अहिले अर्थमन्त्री हुँदा शर्माले बजेट नछुट्याएकोमा असन्तुष्टि जनाए।

नेपालभ्युज

वृद्धभत्ता ५८ वर्षमै झार्नुस्, मान्छेले एमालेलाई नै ताली ठोक्छन् : सुरेन्द्र पाण्डे

काठमाडौं। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएको बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले सरकारले चुनावको मुख हेरेर वृद्धभत्ताको उमेर झारेको बताए। उनले वृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा आपत्ति जनाए। उमेर घटाएर सरकारले भोट बटुल्न खोजेको बताउँदै उनले त्यसमा कांग्रेसको दाबी नपुग्ने दाबी गरे।

“वृद्धभत्ता एमालेको ब्रान्डजस्तै हो, तपाई ६८ वर्षमा झार्नुस् कि ५८ मा केही फरक पर्दैन,” उनले भने, “वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ, एमालेलाई नै मान्छेले स्याबास गर्छन्, ताली ठोक्छन्।”

यसैगरी शिक्षामा बजेट नछुट्याएकोमा आपत्ति उनले जनाए। आफू अर्थमन्त्री हुँदा अहिलेका अर्थमन्त्री जनार्दन शर्माले आफू अर्थमन्त्री भए शिक्षामा २० प्रतिशत बजेट छुट्याउँथे भनेर भनेको सम्झाउँदै उनले अहिले अर्थमन्त्री हुँदा शर्माले बजेट नछुट्याएकोमा असन्तुष्टि जनाए। “तपाईं अर्थमन्त्री नहुँदा भन्नुभएको थियो, म अर्थमन्त्री भएको भए शिक्षामा २० प्रतिशत बजेट छुट्ट्याउँथे। बढाउनुहुन्छ भन्ने आशा थियो,” उनले भने, “त्यतिबेला तपाईंले शिक्षा र स्वास्थ्यमा कमिसन नआउने भएर बजेट नबढाएको भन्नुभएको थियो। त्यही भएर नबढाएको हो ?”

उनले संकट एकातर्फ भएकोमा बजेटको प्राथमिकता अर्कैतर्फ भएको आरोप लगाए। बजेटले चुनाव मात्रै हेरेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved