बजेट अनुत्तरदायी र हावादारी : पूर्वअर्थमन्त्री पौडेल

नेपालभ्युज

बजेट अनुत्तरदायी र हावादारी : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं। पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट हावादारी र अनुत्तरदायी भएको प्रतिक्रिया दिएका छन्।

आज अर्थमन्त्री जनार्दन शर्माले बजेट विनियोजन गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पौडेलले सरकारले आफ्नो आयु, सीमा र हैसियत बिर्सिएर बजेट ल्याएको टिप्पणी गरे। सरकारले आफ्नो सीमा नबुझेर पदीय हैसियत दुरुपयोग गरी भोट बटुल्ने नियतले बजेट ल्याइएको उनले बताए।

अहिलेको सरकार चुनावी सरकार भएको बताउँदै उनले दीर्घकालीन महत्वका आयोजना बजेटमा राख्नु हावादारी भएको टिप्पणी गरे। बजेटमा आजका समस्या नसमेटिएकाले ती परियोजना पूरा हुन नसक्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved