यौनहिंसाका घटनामा उजुरीको हदम्याद बढाउन विधेयक दर्ता

यौनहिंसाका घटनामा उजुरीको हदम्याद बढाउन आइतबार संघीय संसद् सचिवालयमा विधेयक दर्ता गरिएको छ।

नेपालभ्युज

यौनहिंसाका घटनामा उजुरीको हदम्याद बढाउन विधेयक दर्ता

काठमाडौं। यौनहिंसाका घटनामा उजुरीको हदम्याद बढाउन आइतबार संघीय संसद् सचिवालयमा विधेयक दर्ता गरिएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले यौनहिंसाका मुद्दामा हदम्याद बढाउनेसम्बन्धी विधेयक दर्ता गरेका हुन्।

यौनहिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने नेपालमा विद्यमान कानून छ। यसले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले संशोधन गरी हदम्याद बढाउने तयारी गरेकाे हाे।

पछिल्लो समय लगातार यौनहिंसाका घटनाहरु आइरहेका छन्। एक यवुतीले ८ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकले आफूमाथि बलात्कार गरेको सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि संसददेखि सडकसम्म हदम्याद बढाउनुपर्ने कुरा उठेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved