किसानका छोराछोरीको उपचार खर्च सरकारले बेहोर्नुपर्छ : राम कार्की

नेपाल भ्युज

किसानका छोराछोरीको उपचार खर्च सरकारले बेहोर्नुपर्छ : राम कार्की

काठमाडौं । सांसद डा राम कार्कीले नेपालले किसान र मजदुरको पक्षमा सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए। संसद्‍मा नीति तथा कार्यक्रमको छलफलमा उनले बाधा र अड्चन हटाउने राजनीति भएकाले सबै चिज सफा गर्ने राजनीति भएको उनले बताए।

“राजनीति क्रान्ति पूरा भो आर्थिक बाँकी छ भनियो। यो अलग अलग आउँदैन। राजनीतिक दृष्टिकोणले हेर्दा यहाँ किसानलाई हेरेर कार्यक्रम ल्याउनुपर्छ। कृषिमा आमूल परिवर्तन नभए देश बन्न सक्दैन,” उनले भने।

झापाको उदाहरण दिँदै नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका सांसद कार्कीले राजमार्ग छेउमा सरकारी अस्पताल नहुँदा गरिब किसानको पैसा उपचार गर्दैनमा सकिने बताए। जसकारण किसानका छोराछोरीको उपचार खर्च सरकारले बेहोर्न उनले सुझाए।

सबै पाठ्यक्रममा पितृसत्तात्मक सोच भरिएको उनले बताए। जात व्यवस्था पाठ्यक्रमै रहेको भन्दै उनले शिक्षकलाई तालिम दिनुपर्ने बताए। “शिक्षक नै तालिमप्राप्त छैनन् भने कसरी शिक्षा दिनसक्छन् ? शिक्षा र जनस्वास्थ्यको शिक्षा अपरिहार्य छ,” उनले भने।

निर्वाहमुखी खेतीलाई उद्योगमुखी बनाउने सपना नदेख्न पनि उनले बताए। निर्वाहमुखी खेती सबैभन्दा उपयुक्त हुने भन्दै बिजुली बेचेर धनी हुने सपना वाहियात भएको पनि बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved