कांग्रेस महिला केन्द्रीय सदस्यहरूको ध्यानाकर्षण : बलात्कारसम्बन्धी हदम्याद बढाइयोस्

नेपालभ्युज

कांग्रेस महिला केन्द्रीय सदस्यहरूको ध्यानाकर्षण : बलात्कारसम्बन्धी हदम्याद बढाइयोस्

काठमाडौं। नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्यहरूले बलात्कारसम्बन्धी मुद्दाको हदम्याद बढाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

कांग्रेसका महिला केन्द्रीय सदस्यहरूले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै हदम्यादको व्यवस्थाकै कारण हिंसापीडित महिलाले न्याय नपाउने अवस्था रहेकाले हदम्याद बढाउन ध्यानाकर्षण गराएको जानकारी दिएका हुन्। साथै उनीहरूले आगामी बजेट महिला मैत्री र संविधान प्रद्धत मौलिक हक र अधिकारलाई सुनिश्चित गर्न पनि ध्यानाकर्षण गराइएको जानकारी दिएका छन्।

पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले लैंगिक हिंसासम्बन्धी कानुनको पुनरवलोकन गर्न, आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन गर्न समेत ध्यानाकर्षण गराइएको बताइन्।

उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण दैनिक उपभोग्य बस्तुको मूल्य पनि बढेको र यसको असर आम उपभोक्तामा पदार्थमा परिरहेको भन्दै पेट्रोलियम पदार्थलगायत उपभोग्य बस्तुको मूल्य घटाई जनजीवनलाई सहज बनाउन पनि आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved