जनकपुरको फोहोर व्यवस्थापन गर्ने मेयर साहको पहिलो निर्णय

नेपालभ्युज

जनकपुरको फोहोर व्यवस्थापन गर्ने मेयर साहको पहिलो निर्णय

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्वाचित मेयर मनोज शाहले फोहर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छन्।

आज पदभार सम्हाल्दै उनले नगरपालिकाभित्रको फोहर व्यवस्थापन गर्ने पहिलो निर्णय गरेका हुन्। मेयर साहले नगरको फोहर व्यवस्थापन अब वडा कार्यालयमार्फत व्यवस्थापन गराउने निर्णय गरेका छन्। यसअघि उपमहानगरपालिका कार्यालय आफैंले फोहर व्यवस्थापन गर्ने गरेको थियो।

प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायले फोहर व्यवस्थापनका लागि उपमहानगरपालिकाका सबै वडा कार्यालयलाई ट्याक्टर र सफाइ कर्मचारी उपलब्ध गराइने निर्णय भएको जानकारी दिए।

उनले नगपालिकाकाले आफै फोहर व्यवस्थापन गर्ने हुँदा जनकपुरको बजार क्षेत्रमा सरसफाइ हुने गरे पनि भित्री टोल बस्तीमा सम्भव हुन नसकेको हुँदा फोहर व्यवस्थापनको जिम्मा वडा कार्यालयलाई दिने निर्णय मेयरबाट भएको जानकारी गराए।

त्यस्तै उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाउन एउटा शाखामा आबद्ध कर्मचारीले अर्को शाखाको काम नगर्ने र सम्बन्धित जुन फाँटका लागि नियुक्ति भएको हो त्यो कर्मचारीले सोही फाँटको काम गर्ने निर्णय भएका समेत गरिएको अधिकृत उपाध्यायले बताए।

उनले उपमहानगर कार्यालयभित्र सेवाग्राहीलाई सहज ढंगबाट सेवा उपलब्ध गराउँदै सुशासन कायम गर्न पारदर्शिता अपनाउने निर्णय भएको दिए।

धनुषाका नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूको शपथ ग्रहण सम्पन्न

धनुषाका १८ पालिकामा नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूको पद तथा गोपनीयताको शपथ ग्रहण सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जनकपुरधाम उपमहानगरपालिकाको अष्टावक्र सभा हलमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

धनुषाका एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिकाका नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूले शपथ ग्रहण गरेका हुन्। सोमबार साँझ जनकपुरधाम उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै जिल्लाका सबै स्थानीय तहको मतगणना सम्पन्न भएको थियो।

अबको सात दिनभित्र नगर प्रमुख र अध्यक्षहरूले पालिकाका उपमेयर, उपाध्यक्षसहित वडाध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने निर्वाचन निर्देशिकामा उल्लेख रहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved