काठमाडौंमा ठूला दललाई स्वतन्त्र उम्मेदवारको धक्का, बालेन शाह ४० हजार मत नजिक

आइतबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ३९ हजार ६ मत प्राप्त गरेका छन्। बालेनभन्दा धेरै पछाडि छन्, ठूला दलका उम्मेदवारहरू ।

नेपालभ्युज

काठमाडौंमा ठूला दललाई स्वतन्त्र उम्मेदवारको धक्का, बालेन शाह ४० हजार मत नजिक

काठमाडौं। काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धन र एमालेलाई पछि पार्दै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन्। आइतबार बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ३९ हजार ६ मत प्राप्त गरेका छन्। बालेनभन्दा धेरै पछाडि छन्, ठूला दलका उम्मेदवारहरू ।

गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंह धेरै २२ हजार ७२ मत प्राप्त गरेकी छन्। बालेन्द्रले सिर्जनालाई १६ हजार ९३४ मतले लिड गरिरहेका छन्। सिर्जनाले पछि पारेकी छिन् एमालेका उम्मेदवार केशव स्थापितलाई । स्थापितले २१ हजार ५७१ मत प्राप्त गरेका छन्। स्थापित सिंहभन्दा ५०१ मतले पछाडि छन्।

उपमेयरमा भने सत्ता गठबन्धनभन्दा एमालेकी सुनिता डंगोल निकै अगाडि छिन्। जार मतगणनामा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि पर्दैआएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved