सर्लाहीमा एमालेलाई बरहथवाको आश, कटुवालको फराकिलो अग्रता

नेपालभ्युज

सर्लाहीमा एमालेलाई बरहथवाको आश, कटुवालको फराकिलो अग्रता

हरिवन। २० स्थानीय तह रहेको सर्लाहीमा नेकपा एमालेलाई क्लिन स्विप हुनबाट बरहथवा नगरपालिकाले जोगाउने देखिएको छ।

मेयरमा कल्पना कटुवालको भारी अग्रताले एमालेलाई सर्लाहीमा एउटा भए पनि आश जोगिएको छ। कटुवाल उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका देवान्द महतोभन्दा ३ हजार ३ सय ६० मतले अगाडि छिन्।

शनिबार साँझ ७ बजेको परिणामअनुसार कटुवालले ८ हजार २ सय ५८ मत पाउँदा निवर्तमान मेयरसमेत रहेका माओवादीका महतोले भने ४ हजार ८ सय ९८ मत मात्र पाएका छन्।

नगरपालिकाका दुई ओटा वडाको मतगणना चलिरहेको छ भने ७ र ११ नम्बर गरी दुई वडाको बाँकी छ।

बरहथवा कुनै पनि दलले गठबन्धन गरी एक्लाएक्लै चुनावमा होमिएका छन्।

त्यस्तै उपमेयरमा पनि एमालेले नै अग्रता बनाएको छ। एमालेका रामबाबुप्रसाद साह ७ हजार ६९ मतका साथ अग्र स्थानमा हुँदा नेपाली कांग्रेसकी गंगा दाहाल ४ हजार ८ सय ८९ मतका साथ निकै पछि छिन्।

त्यस्तै मेयरमा नेपाली कांग्रेसका विगु प्रसाद चौधरी ४ हजार ३ सय १६ मतका साथ तेस्रो स्थानमा छन् भने उपमेयरमा सीतादेवी माझी ४ हजार ६ सय ८५ मतका साथ तेस्रो स्थानमा छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved