चारदलीय गठबन्धनलाई हराउँदै एमालेले जित्यो कलैया उपमहानगर

नेपालभ्युज

चारदलीय गठबन्धनलाई हराउँदै एमालेले जित्यो कलैया उपमहानगर

काठमाडौं। चार दलको गठबन्धनलाई हराउँदै बाराको कलैया उपमहानगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)सहित चार दलको गठबन्धनलाई पराजित गर्दै २३ हजार १६१ मत ल्याएर कलैयाको मेयरमा एमालेका विनोदप्रसाद साह निर्वाचित भएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका राजेशप्रसाद यादवले १७ हजार ७३३ मत पाए।

उपमेयरमा पनि एमालेले नै जित हासिल गरेको छ। उपमहानगरको उपमेयरमा एमालेकी रौशन परविन १८ हजार २५९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार प्रमोदप्रसाद गुप्ता १७ हजार ५१४ मत ल्याएर पराजित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved