अमेरिकी राष्ट्रपतिका सुरक्षा अधिकारी दक्षिण कोरियामा पक्राउ

अमेरिका, दक्षिण कोरिया, जापान र भारत क्वाड समूहमा छन्। क्वाडलाई एशियाको नेटोको रुपमा व्याख्या गरिन्छ।

नेपालभ्युज

अमेरिकी राष्ट्रपतिका सुरक्षा अधिकारी दक्षिण कोरियामा पक्राउ

एजेन्सी। क्वाड सम्मेलनमा सहभागी हुन दक्षिण कोरियामा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनका सुरक्षा अधिकारी सियोलमा पक्राउ परेका छन्। दक्षिण कोरियाका नागरिकलाई गिज्याएकाे आरोपमा उनलाई बिहीबार पक्राउ गरिएको हो।

मदिरापान गरी दक्षिण कोरियाका नागरिकसँग झगडा गरेपछि उनलाई सियोलस्थित ग्राण्ड हायात होटल अगाडीबाट पक्राउ गरिएको हाे।

सियोल पुगेका अमेरिकी राष्ट्रपति बाइडेन सोही होटलमा बसेका छन्। दक्षिण कोरियामा आयोजना हुने क्वाड सम्मेलनमा सहभागी भए पश्चात अमेरिकी राष्ट्रपति बाइडेन जपान जाने कार्यक्रम रहेको छ।

अमेरिका, दक्षिण कोरिया, जापान र भारत क्वाड समूहमा छन्। क्वाडलाई एशियाको नेटोको रुपमा व्याख्या गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved