कांग्रेसको विजयी जुलुसमा आक्रमण हुँदा ६ जना घाइते, तीन जना पक्राउ

एमालेबाट वडाध्यक्षका उम्मेदवार प्रदीपकुमार कुर्मीसँग पराजित भएका थिए। कुर्मीकाे विजयी जुलुसमा उनीसहितकाे समूहले एमालेलाई भोट नहालेकाे भन्दै  सहभागीमाथि लाठीले कुटपिट गरेको घाइतेहरुकाे भनाइ छ।

नेपालभ्युज

कांग्रेसको विजयी जुलुसमा आक्रमण हुँदा ६ जना घाइते, तीन जना पक्राउ
सांकेतिक तस्वीर।

वीरगञ्ज। वीरगञ्जमा नेपाली कांग्रेसको विजय जुलुसमा आक्रमण हुँदा सहभागी ६ जना घाइते भएका छन्।

वडा नम्बर २७ को अध्यक्षमा एक हजार ५१६ मतसहित नेपाली कांग्रेसका हृदयनारायाण प्रसाद कुर्मी निर्वाचित भएका थिए । बिहीबार राति उनको जितको उत्सवमा आक्रमण हुँदा ६ जना स्थानीय घाइते भएका हुन्।

आक्रमणमा परी घाइते हुनेमा जुलुसमा सहभागी ५८ वर्षीय नेमा रेशा, ४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराइन, ३० वर्षीय मुन्नी खातुन, ४२ वर्षीय मोहमद मियाँ र १९ वर्षीय जाहिर हवारी रहेका छन्।

घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिप्रका पर्साका अनुसार घटनामा संलग्न रहेको आरोपमा वडाध्यक्षमा पराजित नेकपा एमालेका प्रदीपकुमार यादव, ३३ वर्षीय नुर महमद र ३५ वर्षीय शर्माप्रसाद कुशवाहालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार प्रदीपकुमार कुर्मीसँग पराजित भएका थिए। कुर्मीकाे विजयी जुलुसमा उनीसहितकाे समूहले एमालेलाई भोट नहालेकाे भन्दै  सहभागीमाथि लाठीले कुटपिट गरेको घाइतेहरुकाे भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved