चौथो टी-२० मा युगान्डाको सामना गर्दै नेपाल

पाँच खेलको सिरिज युगान्डाले ३-० ले जितिसकेको छ।

नेपालभ्युज

चौथो टी-२० मा युगान्डाको सामना गर्दै नेपाल

काठमाडौं। नेपाली महिला क्रिकेट टिमले आज युगान्डासँग सिरिजको चौथो टी-२० खेल खेल्दैछ।

त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा दिउँसो १ बजे खेल हुनेछ। आज युगान्डालाई हराउँदै नेपाल पहिलो जित निकाल्ने लक्ष्यमा छ।

पाँच खेलको सिरिज युगान्डाले ३-० ले जितिसकेको छ। बिहीबार नेपाललाई ६ विकेटले पराजित गरेसँगै युगान्डाले पाँच खेलको सिरिज आफ्नो पक्षमा पारिसकेको छ।

पहिलोपटक घरेलु मैदानमा सिरिज खेलिरहेको नेपालले अन्तिम खेल शनिबार खेल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved