पाँच दिनपछि भेटियो गन्न बाँकी मतपेटिका, बराबरीपछि गोलाप्रथाबाट पनि जिते

भेटिएको नयाँ मतपेटिकाबाट बराबर मत आएपछि गोलाप्रथा गरियो। गोलाप्रथाबाट पनि निर्वाचित भएपछि लामाले विजय जुलुस निकालेर फेरि उत्सव मनाएका छन्।

नेपालभ्युज

पाँच दिनपछि भेटियो गन्न बाँकी मतपेटिका, बराबरीपछि गोलाप्रथाबाट पनि जिते

काठमाडौं। निर्वाचन सकिएको दुई दिनपछि, १ जेठमा महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ को मतगणना सकियो। निर्वाचन आगोगले नेकपा माओवादी केन्द्रका शमसेरसिंह लामालाई विजयी घोषणा गर्‍यो। वडाअध्यक्ष जितेपछि विजय जुलुससहितको खुशियाली मनाएर उनी कार्यभार सम्हाल्ने तयारीमा बसे।

तर पाँच दिनपछि आयोगले उनलाई फोन गरेर भन्यो, ‘एउटा मतपेटिका गन्नै बाँकी रहेछ, गणना गर्नुपर्‍यो।” पाँच दिनअघि नै विजय उत्सव मनाएका उनी अचम्म परे। पुन: मतगणना भयो। पुन: मतगणना भएपछि भने लामा र प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले बराबर मत ल्याए। नयाँ भेटिएको मतपेटिकामा ८८ मत रहेकोमा दुवैले ७४४ मत ल्याए।

बराबरी मत आएपछि गोलाप्रथा भएकोमा गोलाप्रथाबाट पनि पुन: लामा निर्वाचित भएका छन्। भेटिएको नयाँ मतपेटिकाबाट बराबर मत आएपछि गोलाप्रथाबाट पनि निर्वाचित भएका लामाले विजय जुलुस निकालेर फेरि उत्सव मनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved