बालेनले चिरिबाबुसँग भने, ‘मलाई युवाले मात्रै होइन, वृद्धवृद्धाले पनि मत दिनुभएको छ’

काठमाडौं महानगरमा १६ हजार ६४७ मतसहित बालेन अग्रस्थानमा छन् भने ११ हजार ९२० मतसहित ललितपुर महानगरमा चिरिबाबु अगाडि छन्।

नेपालभ्युज

बालेनले चिरिबाबुसँग भने, ‘मलाई युवाले मात्रै होइन, वृद्धवृद्धाले पनि मत दिनुभएको छ’

काठमाडौं। काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले आफूलाई युवाले मात्रै नभएर वृद्धवृद्धा तथा ५० वर्षमाथिकाले पनि मत दिएको दाबी गरेका छन्।

बुधबार बिहान ललितपुर महानगरका मेयरका उम्मेदवार चिरिबाबु महर्जनसँग कुराकानीका क्रममा उनले आफूलाई सबै उमेरसमूहका मतदाताले मत दिएको बताएका हुन्। उनले कोर एरियाबाट पनि आफूलाई राम्रो मत आउने समेत दाबी गरे।

चिरिबाबुसँग उनले भने, ‘‘मलाई युवाहरुले मात्रै होइन, ५० वर्षमाथिको उमेरसमूहका मतदाताले पनि मत दिनुभएको छ। कोर एरियामा पनि मेरो मत बराबरी नै आउँछ।’’

बालेन बुधबार बिहान राष्ट्रिय सभागृहमा जारी आफ्नो मतगणना छाडेर बालेन आफूले राजनितिक गुरु मानेका व्यञ्जनकारको भोट गन्न ललितपुरको मतगणनास्थल जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पुगेका थिए।

जारी मतगणनामा बालेन र चिरिबाबु दुवै उम्मेदवारको अग्रता कायमै छ। १६ हजार ६४७ मतसहित बालेन अग्रस्थानमा छन् भने ११ हजार ९२० मतसहित चिरिबाबु अगाडि छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved