नेपाली महिला टिमको लगातार दोस्रो हार

लगातार दोस्रो खेलको यो जितसँगै युगान्डाले सिरिजमा २–० को अग्रता बनाएको छ। पहिलो खेलमा पनि नेपाल १२ रनले पराजित भएको थियो।

नेपालभ्युज

नेपाली महिला टिमको लगातार दोस्रो हार

काठमाडौं। युगान्डासँगको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो हार भागेको छ। पाँच खेलको सिरिजको दोस्रो खेलमा आज मंगलबार पाहुना टोली युगान्डाले नेपाललाई एक विकेटले पराजित ग¥यो।

निकै रोमाञ्चक खेलमा नेपालले दिएको १०२ रनको लक्ष्य युगान्डाले अन्तिम एक बल खेल्नुअगाडि एक विकेट बाँकी छँदा पूरा गरेको थियो।

त्रिवि खेल मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै मात्र १०१ रनको योलफल बनाएकोे थियो।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ र सरिता मगरले २२ रनको योगदान दिएका थिए।

जवाफमा युगान्डाले १९.५ ओभरमा नौ विकेटको नोक्सानीमा विजय लक्ष्य पूरा ग¥यो।
बलिङतर्फ नेपालको लागि कविता कुँवर र सवनम राईले समान दुई–दुई विकेट लिएका थिए।

लगातार दोस्रो खेलको यो जितसँगै युगान्डाले सिरिजमा २–० को अग्रता बनाएको छ। पहिलो खेलमा पनि नेपाल १२ रनले पराजित भएको थियो।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको यो दोस्रो अन्तर्राष्ट्रिय सिरिज हो भने घरेलु मैदानमा खेलेको यो पहिलो सिरिज हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved